चौतारा साँगाचोक गढी नगरपालिका १७ औं नगरसभा , ९ करोड बढी राजश्व संकलन


जनतापत्र, सिन्धुपाल्चोक ।

चौतारा साँगाचोक गढी नगरपालिका १७ औं नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख कृष्ण प्रसाद सापकोटा देशबन्धुको सभाध्यक्षतामा सम्पन्न भएको सो नगरसभामा नगरपालिकाले आ.व. २०१÷८२ को श्रावण १ देखि पुष २५ गते सम्मको संक्षिप्त विवरण प्रस्तुत गरेको छ । उप प्रमुख सिता थापाले नगरपालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, लक्षित वर्ग , पशु सेवा, सूचना प्रविधि तथा संचार, उद्यम विकास, भौतिक पूर्वाधार ,खानेपानी तथा सरसफाई ,योजना तथा कार्यक्रम र कृषि विकास तर्फको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
नगरपालिकाले वित्तीय प्रगति तर्फ चालु आ.व.२०८१÷८२ मा १ अर्ब ३२ करोड ४६ लाख ८६ हजार कुल बजेटमा ३१ करोड १७ लाख ६५ हजार खर्च भएको बताएको छ । जुन कुल बजेटको २३.५३ प्रतिशत भएको हो । यस्तै पुँजीगत तर्फ ३७ करोड ४४ लाख ८१ हजार ६ सय पचास रहेकोमा ५ करोड २१ लाख ५० हजार ५ सय ५९ रुपैँया खर्च भएको छ भने जुन कुल पुँजीगत बजेटको १३.९२% हुन आउँछ ।चालु तर्फ ९५ करोड दुई लाख ४ हजार सात सय ६० रुपैयाँ विनियोजन भएकोमा २५ करोड ९६ लाख १४ हजार ८ सय ५३ रुपैंया खर्च भएको छ । यस्तै राजश्व तर्फ नगरपालिकाको आन्तरीक आय अन्तर्गत दहत्तर बहत्तर तर्फ चालू आर्थिक वर्षमा कुल जम्मा ९ करोड २८ लाख ९१ हजार चार सय एघार रुपैंया दुई पैसा राजश्व संकलन भएको प्रगती प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ ।

२९ पुष २०८१, सोमबार ०३:१२