/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ पानीचौरमा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय रोहित गिरीको पुरानो तथा जिर्ण घरमा आगो लागेकोले पूर्ण रूपमा जलेर नष्ट भएको हो।
आगलागीबाट घरमा राखिएको सुकेको घाँस, दाउरा तथा अन्नपात सबै जलेर खरानी भएको स्थानीयले जनाएका छन्। उक्त घरमा मानिस बसोबास भने थिएन। भूकम्पपछि जिर्ण बनेको घरमा छिमेकी विनोद गिरी र अमित गिरीले बाख्रा बाँध्ने तथा अन्न राख्ने काम गर्दै आएका थिए।
प्रारम्भिक जानकारी अनुसार बिहान बाख्रालाई खोले पकाउने क्रममा बालिएको आगो निभाउन छुटेपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
आगो नियन्त्रणमा लिन चौतारा साँगाचोकगढी नगरपालिकाको दमकलको सहयोग लिइएको थियो। दमकल र स्थानीयवासी को सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ।
५ चैत्र २०८२, बिहीबार १३:३१