/*php the_title();*/?>


आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। १ अर्ब १६ करोड २८ लाखभन्दा बढीको समावेशी र नागरिकमुखी बजेट सार्वजनिक गरेको छ। सोमबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न १८औं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, वातावरण संरक्षण, सामाजिक सुरक्षा, महिला–बाल अधिकार, जेष्ठ नागरिक तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाएको हो।नगर प्रमुख सापकोटाका अनुसार बजेट स्थानीय आवश्यकता, दीगो विकासका लक्ष्य र जनसहभागिताका आधारमा निर्माण गरिएको छ। नगर उपप्रमुख सीता थापाले विगत वर्षको प्रगतिबारे प्रकाश पार्दै बजेटको सफल कार्यान्वयनका लागि पारदर्शिता, समन्वय र सहकार्य अनिवार्य रहेको बताइन्। प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले नीति तथा कार्यक्रम संविधान, संघीय नीति, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विषयगत सुझावका आधारमा तयार पारिएको जानकारी दिए।नगरसभामा वडाध्यक्ष, सदस्यहरू, संघसंस्था, सञ्चारकर्मी, नागरिक समाज र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। नगरपालिकाले असार १२ गते बजेटमा छलफल गरी अन्तिम रूप दिने घोषणा गरेको छ।
९ असार २०८२, सोमबार २०:५१