/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका आगामी आर्थिक वर्षदेखि मानसिक स्वास्थ्य उपचार र सचेतना कार्यक्रम विस्तार गर्ने भएको छ।नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जनगुनासो र सुझावको आधारमा कार्यक्रम थप गरिने बताउँदै मानसिक समस्यामा रहेका करिब २ सय जनालाई औषधि उपलब्ध गराउन पालिकाकै बजेट प्रयोग भइरहेको जानकारी दिनुभयो।प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले सकारात्मक सोचको विकास र जोखिम न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। साथै, नगरभित्रका स्वास्थ्य स्वयंसेविकालाई पनि मानसिक स्वास्थ्य प्रवर्द्धनमा सक्रिय बनाउने योजना बनाइएको छ।कार्यक्रममा वडा नं। ४, ५, ६, ७ र ८ का मानसिक समस्या भएका बिरामी, आफन्त, स्वयंसेविका र जनप्रतिनिधि गरी ४६ जनाको सहभागिता रहेको थियो।
२७ बैशाख २०८२, शनिबार १८:४५