/*php the_title();*/?>


आइसिँ तामाङ चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धी एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
चौतारा बहुमुखी क्याम्पसले हरेक वर्ष जलवायु परिवर्तनसम्बन्धी सेमिनार,गोष्ठी लगायतका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
सोही सेमिनार कार्यक्रममा उपप्रमुख सीता थापाले जलवायु परिवर्तन सम्बन्धी आम नागरिकको जीवनस्तरमा परेका नकारात्मक असरहरुको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
मानिसले आफ्नो घर आँगनबाट नै फोहोर प्लास्टिक जन्य पदार्थ ,जथाभावी फोहोर जलाउने,डडेलो लगाउने ,पानीको जथाभावी प्रयोगका कारण विभिन्न समस्याहरू निम्तिएकाले यस्ता खाले कुरामा पनि ध्यान दिन थापाले आग्रह गर्नुभएको छ।
त्यसैगरी जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमका सहजकर्ता डा,सम्बु दंगालले जलवायु परिवर्तन के कारणले हुन्छ,यसको असर के के हो,ग्रह संकट समाधानका उपायहरू,जलवायु परिवर्तन सम्बन्धी स्थानीय स्तरमा गरिएका प्रयासहरू,जलवायु परिवर्तनका न्यूनीकरणका उपायहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो।
जलवायु परिवर्तन सम्बन्धी सेमिनार कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ चौतारा बहुमुखि क्याम्पसका शिक्षकहरू र अन्य विद्यालयका शिक्षकहरू,स्थानीय बासिन्दाहरू र चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरू लगायत अन्य विद्यालयका विद्यार्थीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सञ्चालन राजेन्द्र श्रेष्टले गर्नु भएको थियो ।
२६ बैशाख २०८२, शुक्रबार १७:२५