/*php the_title();*/?>


आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाकै पहिलो शैक्षिक धरोहर, चौतारा बहुमुखी क्याम्पसले आफ्नो २५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। क्याम्पसमै आयोजित यस ऐतिहासिक कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो भने, पूर्व सांसद तथा क्याम्पसका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ ,संस्थापक अध्यक्ष गम्भीरलाल श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधि, जग्गादाता, सहयोगदाता, सञ्चारकर्मी, क्याम्पसका शिक्षक–शिक्षिका र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
क्याम्पसका नि वर्तमान प्रमुख राजेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा क्याम्पसका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरी समारोहमा थप रौनक थपेका थिए। सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठले पछिल्लो समय क्याम्पसमा नकारात्मक सन्देश फैलाउने गतिविधिप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि शिव श्रेष्ठले क्याम्पसका शिक्षा, खेलकुद तथा स्वास्थ्य लगायतका क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीहरूको शिक्षण सिकाइमा अभिभावकको कम चासो रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भविष्यमा आउन सक्ने समस्याको समाधानका लागि सबै सरोकारवाला र अभिभावकहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। अहिले क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिक्षा, व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन भइरहेको छ। रीरिक
८ भाद्र २०८२, आईतवार १७:१५