/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङ्गमा नेपाल तेक्वान्दो संघ को नियमित कार्यक्रमअन्तर्गत जुनियर बेल्ट प्रमोशन टेस्ट हुँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का ६४ वर्षीय धुर्बलाल श्रेष्ठसहित अन्य खेलाडीहरू उतिर्ण भएका छन् । ग्रेडिङमा सेतो पेटीतर्फ धुर्बलाल श्रेष्ठ र इश्वर थापा तथा हरियो पेटीतर्फ प्रान्जल श्रेष्ठ र ज्वाला तामाङ सफल भएका छन् भने केही खेलाडीहरूले डबल प्रमोशनसमेत प्राप्त गरेका छन् ।

कार्यक्रममा मेनुका श्रेष्ठ, विजय तामाङ, विजय श्रेष्ठ, निभा श्रेष्ठ, माधव वि।क। र कृन्जल दंगाललगायत अभिभावकहरूको उपस्थिति रहेको थियो । सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, सिनियर प्रशिक्षक तथा कालो पेटी छैटौं डान डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ परीक्षण लिँदै ६४ वर्षको उमेरमा पनि नियमित प्रशिक्षणमा सक्रिय धुर्बलाल श्रेष्ठले उमेरले खेल रोक्दैन भन्ने सन्देश दिएको बताउनु भएको हो ।
९ फाल्गुन २०८२, शनिबार २१:३८