/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत जुनियर खेलाडीहरूको बेल्ट प्रमोशन टेस्ट ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम तेक्वान्दो संघको वार्षिक तालिकाअनुसार आयोजित गरिएको हो। डोजाङ्गका प्रमुख प्रशिक्षक तथा कालो पेटी छैठौँ डान रमेश गुरुङले खेलाडीहरूको मूल्याङ्कन गरी अर्को तहको बेल्टका लागि योग्य घोषणा गरेका थिए। यो ग्रेडिङले खेलाडीहरूको सीप, अनुशासन र क्षमताको परीक्षण गरेको थियो।
यसपटकको ग्रेडिङमा, सेतो पेटीका प्रान्जल श्रेष्ठ, ज्वाला तामाङ, आरोशी तामाङ, करिस्मा घले, एलिना दंगाल लगायतका खेलाडीहरू उत्तीर्ण भएका छन्। त्यस्तै, पहेँलो पेटीतर्फ रेमन श्रेष्ठले दोब्बर प्रमोसन सहित सफलता हासिल गरे भने अन्य सहभागीहरू पनि अर्को तहमा पुग्न सफल भएका छन्।
कार्यक्रममा सिनियर खेलाडीहरू र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले खेलाडीहरूको हौसला बढाएको थियो। सोही अवसरमा सिनियर खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै प्रमाणपत्र पनि वितरण गरिएको थियो।
७ भाद्र २०८२, शनिबार १५:१७