/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारामा अवस्थित हिराहरि तेक्वान्दो डोजाङले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत सिनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न गरेको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यतालिकाअनुसार आयोजना गरिएको उक्त ग्रेडिङ चौतारा रंगशालाको तालिम हलमा सम्पन्न भएको हो । कार्यक्रममा अनमोल कार्की, सचिन तामाङ, मिसन बागदास, सलिना चुहान, रेहान श्रेष्ठ, निभा श्रेष्ठलगायत खेलाडी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यस ग्रेडिङमा समृद्धि खड्का, अनमोल दंगाल, कृजन दंगाल, रोशन कपाली, साहस तामाङ, रेगिना गुरुङ, युग काफ्ले र माधव कुमार वि.क. रातो पेटीबाट रातो कालो पेटीमा उतीर्ण भएका छन् । त्यस्तै, रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा समेत केही खेलाडी सफल भएका छन् ।
सिनियर ग्रेडिङ परीक्षामा सफल भएका खेलाडीलाई संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले बधाई दिएका छन् ।
१ आश्विन २०८२, बुधबार १७:४३