/*php the_title();*/?>


आइसिँ तामाङ, चौतारा सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५, पुरानो बजार क्षेत्रमा सामुदायिक होमस्टे परियोजनाअन्तर्गत निर्माण गरिएका संरचनाहरूको उद्घाटन गरिएको छ।
छिगुझिगु चौतारा सामुदायिक होमस्टे व्यवस्थापन तथा सञ्चालन समितिको पहलमा सञ्चालन गरिएको योजनाअन्तर्गत फल्चा, भित्ते चित्र, ढुंगेधारा, मठलगायत परम्परागत संरचनाहरू निर्माण गरिएका हुन्।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले पानस प्रज्वलन, शिलापत्र अनावरण तथा धाराको सुरुवात गर्दै संरचनाहरूको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा उप–प्रमुख सीता थापा, वडाध्यक्ष शिव श्रेष्ठ, स्थानीय अगुवा, प्रशिक्षित गृहिणीहरू र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
३९ लाख २० हजार रुपैयाँको लागतमा बागमती प्रदेशको महिला सशक्तीकरण कार्यक्रम र नगरपालिकाको साझेदारीमा योजना कार्यान्वयन गरिएको हो।
नगरप्रमुख सापकोटाले कार्यक्रम महिला सशक्तीकरण, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमुना भएको बताउनुभएको छ ।
कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गरिएको थियो। सहभागीहरूका अनुसार यस्ता प्रयासले चौतारालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउन मद्दत विश्वास लिएको छ ।
३२ जेष्ठ २०८२, शनिबार १६:४७