/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सञ्चारकर्मीहरूसँग परियोजना सम्बन्धी जानकारी तथा अन्तरक्रियात्मक एकदिने कार्यक्रम सम्पन्न भएको छ। सिन्धु स्वास्थ्य परियोजना अन्तर्गत फेयरमेडरमाङ्क सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न उक्त कार्यक्रम २०८२ पुस ४ गते पत्रकार महासंघ सिन्धुपाल्चोकको बैठक कक्ष, चौतारामा आयोजित गरिएको हो।

कार्यक्रममा महिला तथा आमाहरूको स्वास्थ्य अवस्था सुधार, सुरक्षित मातृत्व, पोषण, मातृ–शिशु स्वास्थ्य तथा समुदायमा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै परियोजनाले हालसम्म गरेका गतिविधि र आगामी योजनाबारे पनि सञ्चारकर्मीहरूलाई अवगत गराइएको थियो। अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले महिला स्वास्थ्यसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने आवश्यकता औँल्याउँदै परियोजनाको सफल कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने धारणा राखेका थिए।
पत्रकार महासंघ सिन्धुपाल्चोकको स्थानीय संयोजनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
४ पुष २०८२, शुक्रबार १७:०७