/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा महिला जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूका लागि नेतृत्व तथा क्षमता विकाससम्बन्धी अभिमुखिकरण कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रममा महिला जनप्रतिनिधि, महिला सहकारीका सदस्य, नगर कार्यपालिकामा रहेका महिला सदस्य, महिलासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विभिन्न संस्था तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा प्रमुख अतिथि रहनुभयो। उहाँले महिलालाई आफ्नो विषयमा स्वतन्त्र रूपमा बोल्न, नेतृत्व क्षमता विकास गर्न र नीति निर्माणमा प्रभावकारी भूमिका निभाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख सीता थापाले गर्नुभएको थियो। अभिमुखिकरणमा जिल्ला सरकारी वकिल भगवती गौतम र पत्रकार ज्ञानेन्द्र तिमल्सिना प्रशिक्षकका रूपमा वक्तव्य तथा प्रशिक्षण दिइरहनुभएको छ। दुई दिनसम्म सञ्चालन हुने यो कार्यक्रम सोमबार र मंगलबार सम्म चल्नेछ।
१६ मंसिर २०८२, सोमबार १४:२६