चौतारामा कोसेली घर सञ्चालन

सुनिता रखाल चौतारा ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा कोसेली घर सञ्चालनमा आएको छ । बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकले यसलाई सञ्चालनमा ल्याएको हो ।

अपाङ्गता भएका व्यक्तिहरू, उनका अभिभावक तथा स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले सुरु गरिएको कोसेली घरमा विभिन्न किसिमका स्थानीय उत्पादन उपलब्ध छन् । यहाँ अचार, कोदो, मकै, चामलको पिठो, बेसार, धूपबत्ती, अमिलो पदार्थबाट बनेका परिकार, लोकल अण्डा, घ्यू, तेल तथा हाते बुुनाइ सामग्री बिक्रीका लागि राखिएका छन् ।

संघका पदाधिकारीका अनुसार यस कोसेली घर सञ्चालनले अपाङ्गता भएका व्यक्ति तथा अभिभावकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने र स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन टेवा पुग्ने विश्वास लिइएको छ ।

३० भाद्र २०८२, सोमबार १५:४२