चोरी गरेको आरोपमा मेलम्चीका कार्की पक्राउ


जनतापत्र, चौतारा ।

चोरी गरेको आरोपमा सन्धुपाल्चोकको मेलम्चीका राजकुमार कार्की प्रक्राउ परेका छन् ।
कीर्तिपुरमा चोरी गरेको आरोपमा कार्की सहित तीन जना पक्राउ परेका छन् ।
जसमा धादिङको महादेववेशी गाउँपालिका–६ घर भएका ३३ वर्षीय फुलबहादुर तामाङ र भारतको बिहारका ३२ वर्षीय महोमद इमरान रहेका छन् ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीद्धारा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । यो समूहले १५ फागुनमा कीर्तिपुरको ढल्पास्थित एक जनाको डेरा कोठाको ताला फोडेर सामानहरु चोरी गरेको आरोप छ ।

प्रहरीले उनीहरुबाट सुनको रिङ २ थान, गालेको सुनको सिक्का १ थान, घडी १ थान, चाँदीको तिलहरी १ थान, चाँदीको बाला १ थान, सुनको तिलहरी १ थान, नगद ३ हजार, ३ थान ल्यापटप, मोबाइल र चाबी फुटाउन प्रयोग हुने रड बरामद गरेको छ ।

२६ फाल्गुन २०८१, सोमबार १२:५२