/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
चाँदी र सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट चौताराको भीमसेनलाई अर्पण गरिएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा साँस्कृतिक एवंम पुरातात्विक महत्व बोकेको चौतारा भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाले सुसज्जित किंकम्पा र मुकुट चौतारा भीमसेनलाई भक्तपुरस्थित रंजितकार समाज तथा ललितपुरका सामाजिक अभियन्ता तथा ख्यातिप्राप्त मुर्तिकार रवि शाक्यको संयोजनमा अर्पण गरिएको हो ।
सामाजिक अभियन्ता तथा किंवदन्तीमा भक्तपुर पेजका संचालक गणेशराम रंजितले ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको पुरानो बजारस्थित भीमसेनलाई गहना चढाउन पाउनु आमभक्तपुरवासीको अहोभाग्य भएको जानकारी दिनुभयो ।
सम्पदा संरक्षण गुठीका अध्यक्ष तथा सामाजिक अभियन्ता रविन्द्र श्रेष्ठले भिमसेन नेवारहरूको पुज्ने मुख्य भगवानको रुपमा रहेकोले कार्तिक पुर्णिमाका दिन यहि भिमसेन मन्दिरबाट रथ गौरती भीमसेनको मेलामा लाने भएकाले विधिवत रुपमा पुजाआज गरी भीमसेनको मुर्तिमा किंकम्पा र मुकुट चढाएकोमा चौतारा बासी खुशी भएको बताउनुभयो ।
३० कार्तिक २०८१, शुक्रबार ०२:४१