/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० ले यति बेला जनताको घरमा घरमानै पुगेर सेवा सुविधा उपलब्ध गराउन थालेको छ । वडा भित्रका सम्पुर्ण नागरिकहरुलाई सहज होस् भन्ने उदेश्यले घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता सुरु गरेको हो ।
वडा अध्यक्ष निल बहादुर तामाङले जनताले पाउनुपर्ने सेवा सजिलै उपलब्ध गराउने उद्देश्यका साथ यसरी सेवा दिन थालेको जानकारी दिनुभयो ।
मृत्यु दर्ता धेरैले स्थानीय तहमा घटना घटेको धेरै समय नगर्ने समस्या स्थानिय तहमा रहेको छ । यस्तो घटनाको तथ्य आधिकारिक रुपमा आओस् र जनतालाई नै सुविधा होस् भनेर घरमै पुगेर मृत्यु दर्ता गर्ने गरेको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङ जनतालाई दिनुपर्ने सेवाहरु सहज रुपमा जसरी पनि दिनुपर्मे धारणा सहित अघि बढिरहेको बताउनुभयो ।
वडा सचिब र वडा अध्यक्षले दिने वडा सम्बन्धि अन्य विभिन्न सेवाहरु प्रत्येक आइतबार काठमाडौंबाट समेत सेवा दिँदै आएको वडा कार्यालयले जानकारी दिएको छ ।
यसरी सहज रुपमा सेवा दिन वडा सचिब पुनम भण्डारीले विशेष योगदान पुर्याइरहेकोमा खुशी भएको स्थानीय सेवाग्राहीहरुले बताएका छन् ।
वडाका अनुसार जन्म, मृत्यु, विवाह, र बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको दर्ता गर्न वडालाई जानकारी आएमा तत्काल पुगेर सेवा दिने समेत सबैमा जानकारीका लागि सुचित गरेको छ ।
वडा सचीव भण्डारीले व्यक्तिगत घटना दर्ता गर्ने ऐन अनुसार ३५ दिन भित्र तोकिए बमोजिम फारम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । यदि ऐनमा तोकिएको बमोजिम दर्ता नगराएमा रु.५० देखि स्थानीय तहको कानुन अनुसार जरिवाना समेत लगाउने व्यवस्था गरिएको छ ।
१२ मंसिर २०८१, बुधबार १२:४८