ग्राहक गुनासो सुनुवाई तथा इकाई भेला


जनतापत्र, चौतारा ।
छिमेक लघुबित्त वित्तीय संस्था लिमिटेडले ग्राहक गुनासो सुनुवाई तथा इकाई भेला कार्यक्रमसम्पन्न भएको छ ।
ग्रामीण विकासको आधार, लघुबित्तको गुणात्मक विस्तार” भन्ने मुल नाराका साथ गुनासो सुनुवाई तथा इकाई भेला कार्यक्रम सम्पन्न भएको हो ।
नेपालकै उत्कृष्ट लघुबित्त वित्तीय संस्थाहरू मध्ये छिमेक लघुबित्तलाई पनि एक मानिन्।
उक्त शाखा कार्यालय सिन्धुपाल्चोकमा फागुन १० गते शनिबार सम्पन्न भेलाले ग्रामीण विकासमा आफ्नो योगदानलाई पुनः प्रमाणित गरेको हो ।
सिन्धुपाल्चोक शाखाका शाखा प्रबन्धक राजेन्द्र सेढाईले कार्यक्रमको
सुरुवात गरेपछि शाखा कर्मचारीहरु सुनिल घिमिरे, देबकि भण्डारी राउत,पद्मा श्रेष्ठ र अस्मि प्रजा साथै केन्द्रिय कार्यालय काठमाडौं र प्रादेशिक कार्यालय बाग्मती, गण्डकीबाट उपस्थित अथितिहरुको परिचयात्मक कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य दिलिपराज रेग्मीको विशेष उपस्थिति रहेको कार्यक्रममा लेखा विभागका विभागीय प्रमुख उत्तमराज कट्टेलले छिमेक लघुबित्तमा आवद्ध भएका सदस्यहरुलाई नेपालमा लघुबित्त वित्तीय संस्थाको भूमिका र आवश्यकताको बारेमा जानकारी दिनुभयो ।
उहाँले गरीब सदस्यहरुलाई बैङ्कले गरेको सहयोगबारे पनि व्याख्या गर्दै संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरुको आर्थिक सशक्तिकरणमा केन्द्रित गतिविधिहरूबारे जानकारी दिनुभयो ।
कार्यक्रममा छिमेक लघुबित्त वित्तीय संस्थाका बागमती र गण्डकी प्रदेशका प्रदेश प्रबन्धक श्रीकृष्ण जोशि , तालिम तथा अनुसन्धान विभागबाट प्रेम नायजु, अनुगमन अधिकृत नेत्र बहादुर अधिकारी , साथै सूचना तथा प्रविधि विभागका कर्मचारी किरण परियारले आफ्नो क्षेत्रबाट बैंकको सेवा सुविधाहरूबारे बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा १० वटा उत्कृष्ट समूहलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो भने उक्त समूहका १० जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

१२ फाल्गुन २०८१, सोमबार १२:५६