गोल्मादेबीको ४२ औँ बार्षिकोत्सवको अवसरमा बिद्यालय बस हस्तान्तरण


जनतापत्र, चौतारा ।
गोल्मादेबीको ४२ औँ बार्षिकोत्सवको अवसरमा बिद्यालय बस हस्तान्तरण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित गोल्मादेवी माध्यमिक बिद्यालय, जीतपुरको ४२ औँ बार्षिकोत्सवको अवसरमा बिद्यालयलाई बस हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोगदाताहरुलाई बिद्यालयले सम्मान समेत गरेको छ ।

९ नम्बर वडाको सुन्दर बस्ती जीतपुरमा यो विद्यालय अवस्थित छ । बिद्यालयको बार्षिकोत्सव अघिल्लो बर्षहरुको भन्दा यो बर्ष बेग्लै र आकर्षक रुपमा मनाइएको छ ।
अतिथीहरुलाई दुबोको माला र पुष्पगुच्छाद्धारा स्वागत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले शिक्षाको बिकास बिना अरु बिकास अधुरो हुने र गोल्मादेबीको शैक्षिम उन्नयनको लागि नगरपालिकाले आवश्यकताको आधारमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।
समुदायले गरेको सहयोगले बिद्यालयलाइ थप चुनौती थपिदिएको बताउँदै नगरप्रमुख सापकोटाले भौतिक सुबिधासंगै शिक्षाको गुणस्तर बृद्धिमा लाग्न बिद्यालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

गोल्मादेबीको बिद्यालय बस उपलब्ध गराउने निकाय र बस सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई बिद्यालयले दोसल्ला ओडाएको थियो ।
बिद्यालयको तहगत र कक्षागत रुपमा उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मानकासाथ पुरस्कार बितरण गरिएको थियो ।
बिद्यालयको प्रधानाध्यापक ज्ञान बहादुर तामाङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
वालबिकास देखी कक्षा १० सम्म बिद्यालयमा २ सय १५ जना बिद्यार्थीहरु अध्ययन गर्ने गरेको उल्लेख छ ।
बिद्यालयका बिद्यार्थीहरुको बिभिन्न समुदायको

बिद्यालयको शिक्षक सुनिल तामाङले उद्घोषण
गर्नुभएको थियो ।
कार्याक्रममा बिद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र सहयोगदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

१४ फाल्गुन २०८१, बुधबार ०८:४६