गजलः जानु आखिरमा छ

रवीन्द्र लम्साल

न यो मष्तिस्क, न यो मन स्थिरमा छ
सुख ! न कुनै काम, न त जागिरमा छ!

कोही कसैलाई दोष, दिनु छैन यहाँ
लेखेको जे छ, आफ्नै तकदीरमा छ

न त कुनै कसूर छ, न कुनै सजाय छ
हरपल जÞिन्दगी, किन जन्जीरमा छ ?

को ठूलो को सानो, कुनै पछुतो छैन
प्रत्येक मान्छे, आ–आफ्नो पीरमा छ

निमोठेर अरू, किन लाग्नु छ र उँभो !
सबैथोक छोडेर, जानु आखिरमा छ ।

२९ कार्तिक २०८१, बिहीबार १३:२५