/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
खाडीचौर बजारलाई सुरक्षित, व्यवस्थित र स्वच्छ बनाउने उद्देश्यसहित बजार व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्य तथा वडा नं। ७ का वडा अध्यक्ष गृबिन्द्र कुमार चौलागाईंको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बजार क्षेत्रका चुनौती तथा सुधारका उपायमा केन्द्रित बहस भएको थियो। कार्यक्रममा सुरक्षित पार्किङ, सवारी दुर्घटना न्यूनीकरण, आगलागी तथा विपद् जोखिम नियन्त्रण, बजार सरसफाइ तथा सुरक्षित व्यापार वातावरण निर्माणका विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो।

उक्त कार्यक्रम खाडीचौर बजार व्यवस्थापन समितिद्वारा आयोजना गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने बजार सुधारका लागि सरकार, व्यवसायी र नागरिकबीच सहकार्य अत्यावश्यक रहेकोमा जोड दिइयो। स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा नागरिकहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले खाडीचौर बजारलाई दीर्घकालीन रूपमा व्यवस्थित र सुरक्षित बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
२५ पुष २०८२, शुक्रबार १७:०२