कृषिमा आधुनिकीकरणका लागि चिनियाँ कम्पनी र ईन्द्रावती गाउँपालिकाबीच सम्झौता


जनतापत्र, इन्द्रावति ।
कृषिमा आधुनिकीकरणका लागि चिनियाँ कम्पनी र ईन्द्रावती गाउँपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतामा आधुनिक प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, कृषकहरूको जीवनस्तर सुधार गर्ने तथा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

मङ्गलवार, ईन्द्रावती गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरि गाउँपालिकाका अध्यक्ष तथा चिनियाँ कम्पनीका प्रतिनिधिबीच द्विपक्षीय सहकार्यका विषयमा लिखित सम्झौता आदान–प्रदान कार्य सम्पन्न भएको हो ।

सम्झौताले ईन्द्रावती गाउँपालिकाका कृषकहरूलाई प्रविधिसँग जोड्दै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न सहयोग पु¥याउने गाउँपालिकाले अपेक्षा राखेको छ । साथै, भविष्यमा थप सहकार्यका सम्भावनाहरू पनि खुला रहने जनाइएको छ ।

२० फाल्गुन २०८१, मंगलवार १२:४५