किशोर–किशोरी सशक्तीकरणको लागि डिजिटल पद्धति

राष्ट्रिय जनगणना २०२१ को तथ्यांक अनुसार नेपालको जनसंख्याको २० प्रतिशत १०–१९ वर्षका किशोर किशोरीहरुको जनसंख्या रहेको छ। यो जनसंख्या अरु कुनैपनि समूहको जनसंख्याको दाँजोमा सबैभन्दा ठुलो समुह हो। किशोरावस्थामा धेरै खालका शारिरिक, मानसिक तथा सामाजिक समस्याहरु आउन सक्छन्। छिटो बिवाह हुने, छिटो बच्चा जन्माउने, बिचैमा विद्यालय छाड्ने, अनिच्छित गर्भधारण हुने नेपालको किशोर किशारीहरुको मुख्य समस्याहरु हुन्। किशोर किशोरीहरुमा आउन सक्ने समस्याहरु तथा बाधाहरुलाई समाधान गर्दै सहज तरिकाबाट किशोरावस्थाबाट वयस्कमा असल ब्यक्तिको रुपमा प्रवेश गराउन ब्यक्ति, परिवार तथा समाज सबैको महत्वपुर्ण भुमिका हुन्छ।

किशोरकिशोरीको झन्डै एक चौथाई जनसंख्या रहेको हाम्रो देशमा उनीहरूको वृद्धि र विकासलाई सहयोग गर्ने लक्षित क्रियाकलाप पहिलेको भन्दा अत्यन्तै आवश्यक भएको छ। यसलाई ध्यानमा राख्दै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा केयर नेपालको अगुवाइ र हावर्ड डेलाफिल्ड इन्टरनेशनल, नेपाल युवा संस्था संजाल, जपाइगो र नेपाल सीआरएस कम्पनीको संयुक्त साझेदारीमा रहेको युएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ सन् २०२२ देखि ५ बर्षको लागि सञ्चालन भइरहेको छ। यो परियोजनाको मुख्य लक्ष्य किशोरकिशोरीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा निर्णय लिने सिप बिकासको लागि सही र उपयुक्त जानकारी तथा मार्गदर्शन गर्दै, उनीहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धि विषयमा स्वस्थ निर्णय गर्न र त्यसलाई व्यवहारमा लागु गर्नको लागि घरपरिवार तथा समुदायमा उपयुक्त वातावरण तयार गराउँदै उनीहरुको पूर्ण क्षमताको विकास गराउनमा सहयोग पु¥याउनु रहेको छ। यो परियोजना मधेश, लुम्बिनी, र कर्णाली प्रदेशका ११ जिल्लाका ६० गाउँ तथा नगरपालिकाहरुमा परिवार योजना र प्रजनन स्वास्थ्य सम्बन्धी स्वस्थ व्यवहारको प्रवद्र्धन गर्दै किशोरकिशोरीलाई सशक्त बनाउन केन्द्रित छ।

यो परियोजना किशोरकिशोरीलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न र सार्वजनिक स्वास्थ प्रणाली तथा निजी स्वास्थ संस्थाहरूलाई सुदृढ गर्नको लागि प्रजनन स्वास्थ्यसम्बन्धी सक्षम वातावरण सिर्जना गर्न निम्न उद्येश्यहरुमा केन्द्रित रहेको छः

● किशोरकिशोरीहरुलाई परिवार योजना र प्रजनन् स्वास्थ्य सम्बन्धि सहि र सान्दर्भिक सुचनाहरु दिने, उनीहरुको व्यबहार परिबर्तनलाई सहयोग गर्नुको साथै उनीहरुलाई स्वास्थ्य प्रजनन् स्वास्थ्य सम्बन्धि निर्णय लिन र त्यस्तो निर्णय कार्यन्वयन गर्नको लागि समाजमा रहेक बिधमान मूल्य मान्यताहरुले सृजना गरेका असहजताको स्थितिलाई बदल्न उनीहरुका अभिभावक, शिक्षक, समुदायमा ब्यक्तीहरुलाई सुसूचित गर्नु।

● प्रभावकारी रुपमा किशोर किशोरीमैत्री स्वास्थ्य सेवा तथा उत्पादनको को पहुँच र उपयोगको लागि बिद्यमान सेवा तथा प्रणालीमा भएका समस्याहरुलाई पहिचान गरी त्यसलाई समाधान गर्दै किशोर किशोरीहरुको लागि गुणस्तरिय परिवार योजना र प्रजनन् स्वास्थ्य सेवाको उपलब्धता र पहुँचलाई सुधार गर्ने।

● सार्वजनिक र निजी क्षेत्रहरू मार्फत किशोरकिशोरी प्रजनन स्वास्थ्यलाई सम्बोधन गर्न सफल प्रमाणित भएको तथ्यमा आधारित कार्यक्रमको अवधारणा तथा संयन्त्रहरूलाई संस्थागत गर्ने र विस्तार गर्ने।

किशोरकिशोरीहरूको प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु अत्यावश्यक छ, जसले उनीहरूलाई स्वस्थ निर्णय लिन सघाउँछ। यस परियोजनाबाट, प्रजनन स्वास्थ्यको प्रभावकारी सन्देश पु¥याउन निम्न माध्यमहरु प्रयोग भएका छन्ः

अन्तरव्यक्तिगत सञ्चारः तालिम प्राप्त स्वास्थ्यकर्मी तथा नजिकको साथीहरूबाट किशोरकिशोरीलाई व्यक्तिगत रूपमा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिन्छ। जसले उनीहरूलाई हानिकारक मूल्यमान्यताहरू परिवर्तन गर्न र स्वस्थ व्यवहार अपनाउन सघाउँदछ। किशोरकिशोरी मैत्री सेवाको पहुँच वृद्धि गर्न र सम्मानजनक हेरचाह सुनिश्चित गर्न यो रणनीतिले लक्षित व्यवहार परिवर्तन क्रियाकलापहरूमा ध्यान केन्द्रित गरेको छ।

समूहमा आधारित र सामुदायिक संवादः किशोरकिशोरीहरूलाई सामाजिक मूल्यमान्यताहरू विश्लेषण गर्दै, आफ्नो सपना र आकांक्षा पूरा गर्न सशक्त बनाइन्छ। हानिकारक सामाजिक मान्यताहरूलाई चुनौती दिँदै, उनीहरूलाई सुसूचित र जिम्मेवार निर्णय गर्न सक्षम बनाइन्छ। यो प्रक्रिया विवाहित तथा किशोरी आमाहरु, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, र अशक्त किशोरकिशोरीहरूको समूहमा पनि लागू गरिन्छ। सामाजिक मान्यतामा परिवर्तन ल्याउन र परिवार योजना तथा प्रजनन् स्वास्थ्य शिक्षामा सुधार गर्न सामाजिक विश्लेषण र कार्य पद्धतिहरूको प्रयोग गरिन्छ, जसले समावेशी र प्रभावकारी सञ्चार र सशक्तीकरणलाई प्रोत्साहित गर्दछ।

सामुदायिक परिचालनः अभिभावक, समुदाय र धार्मिक अगुवाहरु जस्ता प्रमुख प्रभावशाली व्यक्तिहरूलाई समूह संवाद र अन्तरपुस्ता संवादमार्फत स्वस्थ प्रजनन व्यवहार प्रोत्साहन गर्न समावेश गरिन्छ। किशोरकिशोरी समूहले प्रजनन स्वास्थ्यसम्बन्धी स्रोतहरूको पहुँच र नीतिगत सुधारका लागि पहल गर्दै हानिकारक सामाजिक मान्यताहरूलाई परिवर्तन गर्न सामुदायिक अभियानको नेतृत्व गर्नेछन्।

आमसञ्चार तथा सामाजिक सञ्जालको प्रयोग स् किशोरकिशोरी प्रजनन स्वास्थ्य सम्बन्धी सन्देश फैलाउन स्थानीय प्रभावशाली व्यक्तिहरू, आमसञ्चार माध्यमहरू, फेसबुक, इन्स्टाग्राम, र यूट्यूब जस्ता सामाजिक सञ्जालहरूको उपयोग गरिन्छ। यसप्रकारका प्रयासले सकारात्मक व्यवहार प्रवद्र्धन गर्दै गलत धारणालाई चुनौती दिनु र आम समुदायसम्म पुग्नु हो।

उल्लेखित बँदाहरुको आधारमा परियोजनाको मुख्य प्राथमिकता भनेको किशोरकिशोरीहरुलाई प्रजजन स्वास्थ्यको बारेमा रोचक ढंगबाट सुसूचित गराउनु हो, जसले गर्दा उनीहरुले छिटो र सजिलै विषयबस्तुको बारेमा सिक्न सक्छन्। समयअनुसार डिजिटल सामग्री आजभोलि एक महत्वपुर्ण माध्यम बनेका छन्। यसर्थ हावर्ड डेलाफिल्ड इन्टरनेसनलले यस परियोजनामा संलग्न भई किशोर किशोरीहरुको लागि विभिन्न डिजिटल सिकाइ सामग्रीहरु तयार गरेको छ।

खासगरी ग्रामिण र दुर्गम क्षेत्रमा सूचना तथा सेवाको पहुँच सीमित हुने भएकाले नेपालमा डिजिटल सशक्तीकरणमा ध्यान दिनु महत्वपूर्ण छ। किशोरकिशोरीलाई उनीहरूको प्रजनन स्वास्थ्यबारे सुसूचित निर्णय लिन आवश्यक स्रोतसामग्रीहरू प्रदान गर्दै युएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाले राष्ट्रको लागि उज्ज्वल तथा स्वस्थ भविष्य सिर्जना गर्न मद्दत गरिरहेको छ। यसका अतिरिक्त, कथाको पात्र बनेर खेलिने अन्तर्क्रिरयात्मक खेल, वेब पोर्टल, र भर्चुअल इन्फ्लुएन्सर अभियान जस्ता डिजिटल क्रियाकलापहरू पनि प्रयोग गरिनेछ।

पष्पष्पगपब.अयm वेब पोर्टलः यो बृहत वेब पोर्टलले सुरक्षा, सम्बन्ध, यौन, भविष्य, र जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्दै किशोरकिशोरीलाई परामर्श, सेवा प्रदायक संस्थाहरु र मैत्रीपूर्ण सेवाबारे सचेत गराउँछ। सुलभ र सान्दर्भिक जानकारीमार्फत, यो पोर्टलले किशोरकिशोरीलाई सुसूचित निर्णय गरी आफ्नो जीवनमा सकारात्मक प्रभाव पार्न सशक्त बनाउँछ।

गर्ल्स होस्टल अन्तर्क्रिरयात्मक मोबाइल गेमः खेलको रचनात्मक उपयोगले शिक्षा र सशक्तिकरणलाई प्रभावकारी बनाउदछ। ‘गल्र्स होस्टल’ खेल एक भर्चुअल संसार हो, जहाँ किशोरकिशोरीले वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्न, निर्णय लिने अभ्यास गर्न र परिवार योजना तथा प्रजनन् स्वास्थ्यबारे आफ्नो ज्ञान बढाउन सक्छन्। आकर्षक खेल संरचनाबाट आत्मविश्वास निर्माण गर्दै स्वस्थ व्यवहार प्रोत्साहित गर्न खेल तयार गरिएको छ, जुन सान्दर्भिक र प्रभावकारी शैक्षिक सामग्री हुन जान्छ।

● २ तजबतनष्चभिपतब भर्चुअल इन्फ्लुएन्सरः

फेसबुक, इन्स्टाग्राम, र यूट्यूब जस्ता सामाजिक सञ्जालहरूमा चलाइएका यी अभियानहरूले भर्चुअल इन्फ्लुएन्सरहरूको लोकप्रियतालाई उपयोग गर्दै परिवार योजना र प्रजनन् स्वास्थ्यको सन्देशलाई प्रभावकारी रूपमा प्रसारित गर्न प्रयास गरेका छन्। खेलको प्रमुख पात्र, एकतालाई किशोर÷किशोरीलाई सकारात्मक स्वास्थ्य व्यवहारतर्फ आकर्षित गर्ने एक प्रभावशाली व्यक्तित्वको रूपमा प्रस्तुत गरिएको छ। अभियानमा सामाजिक सञ्जालको रणनीतिक प्रयोगले किशोरकिशोरी र युवाहरूसँग व्यापक संलग्नता सुनिश्चित गर्दै डिजिटल प्लेटफर्ममा आकर्षण बढाउँछ।

डिजिटल घुम्ती सेवाः यो पहल विशेष गरी ग्रामीण क्षेत्रका किशोर(किशोरीहरूमा भएको डिजिटल पद्धति सम्बन्धी कमीलाई सम्बोधन गर्न ल्याइएको हो। यस डिजिटल घुम्ती सेवा कार्यक्रममा अन्तरक्रियात्मक प्रदर्शन, मनोरञ्जन, र शैक्षिक गतिविधिहरू मार्फत समुदायलाई संलग्न गरिन्छ। डिजिटल स्रोतसाधनलाई व्यक्तिगत अनुभव र अन्तक्र्रियासँग जोडेर डिजिटल घुम्ती सेवाले सचेतना फैलाउँछ र किशोर÷किशोरीहरू तथा उनका परिवारबीच निकटता र संलग्नताको भावना बढाउँछ।

यस क्रियाकलापमा सार्वजनिक–निजी साझेदारीको पनि महत्वपुर्ण भूमिका छ। विभिन्न निजी तथा सार्वजनिक संस्थाहरूको सक्रिय सहभागितामा डिजाइन, विकास र कार्यान्वयन गरिएको छ। यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल परिवार नियोजन संघ, नेपाल सिआरएस कम्पनी लगायत स्थानीय स्तरमा अन्य विभिन्न गैर–सरकारी, निजी र व्यावसायिक संघसंस्थाहरू समावेश छन्। यो सहयोगात्मक साझेदारीले पद्धतिले दिगोपन सुनिश्चित गर्दछ र यसको प्रभावलाई हदैसम्म निरन्तरता दिन सहयोग गर्दछ।

साथै, डिजिटल प्लेटफर्महरू बढ्दै र विस्तार हुँदै जाँदा नेपालमा सशक्त, सुसूचित र स्वस्थ युवा पुस्ता निर्माण गर्नका लागि महत्वपूर्ण हुनेछन्। सकारात्मक दृष्टिकोण भएतापनि नेपालको डिजिटल रूपान्तरण चुनौतीपूर्ण रहेको छ। व्यापक सार्वजनिक नीतिले डिजिटल क्रियाकलापको सफल कार्यान्वयनमा सहयोग पुर्याउँछ। कानुनी स्पष्टता, सुशाशन, र प्रविधिको उपयुक्त प्रयोगका लागि स्पष्ट नियम र दिशानिर्देश अपरिहार्य छन्। जस्तै, डाटा संरक्षण कानूनले गोपनीयता कायम गर्दै, किशोरकिशोरी प्रजनन स्वास्थ्य जस्ता संवेदनशील जानकारी समावेश भएका प्लेटफर्मप्रति सार्वजनिक विश्वास बढाउँछ।

यसरी, डिजिटल क्रियाकलापको दीर्घकालीन सफलता सुनिश्चित गर्न, स्पष्ट नीति, डाटा सुरक्षा, र सार्वजनिक विश्वास कायम गर्न आवश्यक कदमहरू अघि बढाउन सहकार्य र सामुहिक कार्यको अपरिहार्यतालाई सबैले मनन गर्नु नै आजको आवश्यकता हो । (स्वास्थ्य खवरबाट साभार)

५ कार्तिक २०८१, सोमबार ०५:४५