/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि स्वास्थ्यकर्मीहरुलाई दुई दिने क्षमता विकासको तालिम मेलम्चीमा संचालन भएको छ ।
शनिवार र आइताबार संचालन हुने तालिम बाग्मती प्रदेश सरकार स्वास्थ मन्त्रालय , जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना गरिएको हो ।
किशोरकिशोरी मैत्री सेवा प्रवाह गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाई किशोरकिशोरीको स्वास्थ्यमा आबस्यक सुधार गर्ने यो तालिमको उदेस्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
सो तालिममा किशोरकिशोरीको स्वास्थ्य सेवाको अवस्था, किशोरकिशोरी मैत्री सेवाको विशेषता, किशोरकिशोरीमा परिवार नियोजनको प्रयोग र किशोरकिशोरीलाई संचारका सन्दर्भमा सहभागीको सिकाई रहने समेत वजगाईले बताउनुभयो ।
१० फाल्गुन २०८१, शनिबार १२:५५