/*php the_title();*/?>


जनतापत्र, काभ्रेपलाञ्चोक
सर्वोच्च अदालतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न आदेश दिएको छ ।
पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू तत्काल बन्द गर्न सर्वोच्चले आदेश दिएको हो ।
स्थानीयले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै अदालतमा परमादेश जारी गरेका कारण इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा पाँच वर्षपछि २०८१ साल चैत १२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र शारङगा सुवेदीको इजलासले माग बमोजिम हुने फैसला गरेको छ ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका, पुरातत्व विभाग ,वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइ स्थानीय र स्थानीय अभियन्ता श्रीकृष्ण धिमाल लगायतले २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिटमा इँटाभट्टा मापदण्ड पूरा नगरी सञ्चालन हुँदा प्रदूषण बढेको, इँटाभट्टाले प्रयोग गर्ने माटो उत्खननले प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरूको अस्तित्व समाप्त हुदै जाने जोखिम रहेको र कृषिजन्य उत्पादन तथा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको जिकिर गर्नु भएको छ ।
२ बैशाख २०८२, मंगलवार १३:३१