/*php the_title();*/?>


जनतापत्र,काभ्रेपलाञ्चोक ।
काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार आउँदैै गरेको बस काभ्रेपलाञ्चोककोे रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएको छ ।
प्रदेश ३–०१ –००६ ख १३३९ नम्बरको बस आज बिहान ८,३० बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेर अड्कीएको प्रहरीले जनाएको छ ।
पानी परेको हुनाले चिप्लो बाटोमा ब्रेक नलाग्दा बस चिप्लएर खाँदबारीबाट काठमाडौं जाँदै गरेको मे १ ख ३३९४ नम्बर को मिनी बसलाई ठक्कर दिएर तल खसेको प्रहरीले जनाएको छ । उक्त बसमा १५ जना सवार मध्ये ११ जना घाइते भएको छ ।
बसमा सवार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ का ७३ वर्षीया सुन्तली बिकको भने गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । बिकको टाउकोमा गहिरो चोट लागेको छ ।
घाइतेहरुमा रामेछापको मन्थली नगरपालिका–९ का ३४ वर्षीय रामसरण बिक, गोकुलगंगा गाउँपालिका–५ का ३५ वर्षीय पदम सुनुवार, बाम्ति भण्डारका ५० वर्षीय ङावा शेर्पा, उनका छोरा १० वर्षीय ङिमा शेर्पा, गोकुलगंगा गाउँपापलिका–१ का २७ वर्षीय पुजन श्रेष्ठ, सोलुखुम्बु लिखुपिकै ७० वर्षीय छत्र बहादुर बिक, काभ्रपलाञ्चोकको बनेपा नगरपालिका–१३ का ३३ वर्षीया सिता श्रेष्ठ र काठमाण्डौको नागार्जुन नगरपालिका–९ का ३५ वर्षीय कुमुद देबकोटा घाईते भएका छन ।
घाइते भएकाहरुलाई उपचारको लागि प्राथमिक उपचारका लागि स्वाश्यकेन्द्र मंगलटारमा पठाईएको छ।
घाईते मध्ये काभ्रेका गोकुलगंगा गाउँपालिका–३ का २० वर्षीया सुजता सुनुवार र भक्तपुर चागुनारायण नगरपालिका–४ का ६२ वर्षीय जनक बुढाथोकी डिस्चार्ज भैसकेका छन् ।
उक्त बस सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनु भएको छ । बस चालकलाई भने इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरीएको छ ।
२७ चैत्र २०८१, बिहीबार १४:१२