काभ्रेपलाञ्चोककी एक महिलामाथि दिनदहाडै खुकुरी प्रहार सिन्धुपाल्चोकका युवक पक्राउ

जनतापत्र,काठमाडौँ ।
काभ्रेपलाञ्चोककी एक महिलामाथि दिनदहाडै खुकुरी प्रहार हुँदा त्रास फैलिएको छ। गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बस्दै आएकी ५१ वर्षीया सीतादेवी पन्तमाथि शुक्रबार बिहान करिब ११स्१५ बजे खुकुरी प्रहार भएको हो। घरभित्रै बसेकी पन्तमाथि आक्रमण भएपछि स्थानीय एकाएक स्तब्ध बनेका थिए। आक्रमणकारी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ रहेको खुलेको छ। प्रहरीका अनुसार तामाङले मदिरा सेवन गरी पन्तको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेका हुन्। घटनाको कारण भने अझै स्पष्ट भएको छैन।
घटनापछि प्रहरीले तत्काल तामाङलाई नियन्त्रणमा लिएको छ र उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। पन्तलाई उपचारका लागि अस्पताल लगिएको छ।

२ आश्विन २०८२, बिहीबार १८:३२