कान्छीमाया तामाङ फाउन्डेसनद्वारा लाभगाउँ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–८ स्थित लाभगाउँ आधारभूत विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउन्डेसनका प्रोप्राइटर डा। दिलबहादुर थोकरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमसँगै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो । सिन्धु स्पाइडर युवा क्लब र काठमाडौँमा बसोबास गर्ने समाजसेवीहरूको पहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका अवसरमा डा। थोकरले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जाडोको समयमा न्यानो कपडा र स्वास्थ्य सेवा पाउँदा विद्यार्थी तथा स्थानीय बासिन्दा खुसी भएका छन् ।

७ पुष २०८२, सोमबार १३:२६