काठमाडौंमा जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु, ३४७ उपचाररत

जनतापत्र काठमाण्डौं ।
राजधानीसहित विभिन्न क्षेत्रमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाले ज्यान गुमाएका छन्।
मृतकमध्ये ८ जनाको निधन ट्रमा सेन्टरमा, ३ जनाको एभरेस्ट अस्पतालमा, ३ जनाको सिभिल अस्पतालमा, १ जनाको त्रिवि शिक्षण अस्पतालमा र २ जनाको केएमसी अस्पतालमा भएको छ।
सोही घटनामा घाइते भएका ३४७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
जेन–जी समूहले भ्रष्टाचारविरुद्ध आन्दोलन सुरु गरेपछि काठमाडौंको बानेश्वरसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन भइरहेको छ। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेको हो।

२४ भाद्र २०८२, मंगलवार ०९:४४