/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।बुधबार चार जनाको मृत्यु भएकोमा विहिबार थप एक जनाको अस्पतालमा निधन भएपछि मृतक संख्या पाँच पुगेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनु भएको हो । उहाँका अनुसार मृतक सबैको सनाखत भइसकेको छ।

निधन हुनेमा नेपालगञ्ज कोहलपुर–५ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछाने रहेका छन्। दुर्घटना नेचर हाउस एण्ड हर्ब इन्टरनेसनल कम्पनीका कर्मचारी वनभोजबाट फर्किने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटनाग्रस्त हुँदा भएको प्रहरीको भनाइ छ।
बसमा सवार २८ जनामध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ भने पाँच जनालाई उपचारपछि घर फर्काइएको छ।
२४ पुष २०८२, बिहीबार ११:४७