एसईई २०८० मा उत्कृष्ट हुनेलाई सम्मान


जनतापत्र, चौतारा ।
एसईई २०८० मा उत्कृष्ट हुनेलाई अमेरिका बस्ने सिन्धुवासीले नगदसहित सम्मान गरेका छन् ।
२०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) सम्मान गरेको हो ।
जिल्ला बाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मानीत भएका छन् ।
सम्मानित हुनेमा ल्याउने भूमेश्वरी माध्यमिक बिद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमी गणेश जोती रहेका छन् ।
उनिहरुलाई जनही नगद ५१ हजार रुपैयाँसहितसम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले जानकारी दिए ।
काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले बिद्यार्थीलाई सम्मान गर्नुभएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटी गरेको कामको प्रशंसा गर्नुभयो ।

१७ आश्विन २०८१, बिहीबार १२:३९