एमाले सिन्धुपाल्चोकद्वारा प्रतिनिधिसभा उम्मेदवार सिफारिस


जनतापत्र, सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया सम्पन्न गरेको छ। जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।
प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गतका ५४ वटा वडा समेटिएको क्षेत्रका लागि खाडिचौरमा आयोजित उम्मेदवार सिफारिस कार्यक्रममा नौ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङ्गा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ (डिभी), आङदोर्जे शेर्पा र शुसिला पाख्रीन रहेका छन्।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गतका ४९ वटा वडा समेटिएको क्षेत्रका लागि मेलम्चीमा आयोजित उम्मेदवार सिफारिस कार्यक्रममा ११ जनाको उम्मेदवारी दर्ता तथा सिफारिस गरिएको छ। सिफारिस गरिनेमा हस्त पण्डित, अशोक चौलागाईं, शुभाष कर्माचार्य, शेरबहादुर तामाङ, बालकुमारी सापकोटा, गम्भीरलाल श्रेष्ठ, डोल्मा तामाङ, उपेन्द्र तामाङ, शिशिर वाइवा, मित्रलाल चौलागाईं र दिलीप बस्नेत रहेका छन्।
कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको माथिल्लो कमिटीमा पठाइने जनाइएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार लगाइने नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले जनाएको छ।

१९ पुष २०८२, शनिबार १७:२३