एमाले नेपाली जनताले मन पराएको पार्टी हो

शालिकराम अधिकारी, सचिव-मेलम्ची नगरकमिटी, नेकपा एमाले

१. नेकपा एमाले कस्तो पार्टी हो ?
नेकपा एमाले मार्क्सवाद र लेनिनवादको सिद्धान्तमा आधारित, देशभक्त र प्रगतिशील विचारधारामा दृढ नेपाली जनताले मन पराएको प्रमुख वामपन्थी राजनीतिक पार्टी हो।

२. यो पार्टीलाई के कस्तो अवसर छ ?
लेनिनवादी संगठन पद्धतिमा स्थापित यस पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै, सत्य, निष्ठा र इमानदारीको आधारमा काम गर्न सकेमा “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा गर्ने ठूलो अवसर पाएको छ।

३. यो पार्टीलाई चुनौती के छ ?
हाल नेकपा एमालेको प्रमुख चुनौती आन्तरिक गुटबन्दी हो। त्यसका साथै वैचारिक स्पष्टताको कमी, पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट सन्तोषजनक कार्यसम्पादन नहुनु, मिडियाको प्रभावकारी उपयोगमा कमजोरी, तथा अन्य वामपन्थी दलहरूसँग पर्याप्त समन्वय नहुनु पनि ठूला चुनौतीहरू हुन्।

४. तपाईंको विचारमा कस्तो एमाले देख्न चाहनुहुन्छ ?
म गुट र उपगुटबाट मुक्त, समयानुकूल जनउत्तरदायी र वैचारिक रूपमा सबल, युवा नेतृत्व र प्रविधिमैत्री योजनासहित उत्पादन तथा रोजगारका अपार अवसर सिर्जना गर्न सक्ने एमाले देख्न चाहन्छु, जसको माध्यमबाट व्यक्ति, समाज र मुलुकले समृद्धि हासिल गर्न सकोस्।

३१ श्रावण २०८२, शुक्रबार ११:३६