एमालेले सिन्धुमा बनायो,पहिलो पटक पालिका अध्यक्षमा महिला


जनतापत्र, सिन्धुपाल्चोक ।
एमाले सिन्धुपाल्चोकका पालिका अधिबेशनमा भोटेकोशी गाँउ पालिकाबाट पहिलो पटक महिला अध्यक्ष बनेकी छिन । एमाले भोटेकोसीको दोस्रो अधिबेशनबाट अध्यक्षमा सुन्ताली लामा श्रेष्ठ चयन भएकी हुन ।यो सिन्धुपाल्चोकको पार्टी कमिटिमा पहिलो हो । त्यसै गरि उपाध्यक्षमा फुर्निमा शेर्पा, सचिवमा नोर्साङ शेर्पा , उपसचिवमा वीर बहादुर तामाङ र ज्ञानर्पू शेर्पा चयन भएका छन ।
सो अधिबेशनको उद्घाटन एमालेका केन्द्रिय स्थायी कमिटिका सदस्य शेर बहादुर तामाङले गरेका थिए । उनले सम्बोधनको क्रममा पाटीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताले जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन । भोटेकोसीका जनता चीन सङको नाका क्षेत्रमा रहेपनी समृद्धि हुन नसकेको बताउदै त्यसका लागि एमालेले नयाँ भिजनका साथ बिकासका लागि काम गर्नुपर्ने बताए । सो कार्यक्रममा पोलिट्ब्युरो सदस्य अरुण नेपाल, केन्द्रिय सदस्य सरेश नेपाल लगायत नेता तथा कार्यकर्ताको व्यापक उपस्थिती रहेको थियो ।
सो अधिबेशनले ५१ जनाको पालिका कमिटी निर्माण गरेको छ । सो अधिबेशनको अध्यक्षता अमृत खड्काले गरेका थिए ।

१३ माघ २०८१, आईतवार ०२:५८