/*php the_title();*/?>

जनतापत्र,काठमाडौं ।
नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीले अब राजधानी काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा आज बसेको पार्टी सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्ने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मंसिर २७ देखि २९ गतेसम्म हुने तय भएको महाधिवेशन अब काठमाडौंमै हुने भएको छ। ज्ञवालीका अनुसार, दशौं केन्द्रीय कमिटीको बैठकबाट समय र कार्यक्रम पहिले नै टुंगो लागिसकेको भए पनि व्यवस्थापकीय कारणले स्थल परिवर्तन गरिएको हो।
१६ कार्तिक २०८२, शनिबार १८:३३