/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
नेकपा एमालेका पूर्व सांसद कृष्णबहादुर राईले राजधानी विशेष प्रदेश खुल्ला तर्फबाट पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। राईले महाधिवेशनका मतदातासमक्ष पार्टीलाई अझ सशक्त र सुदृढ बनाउन आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विजयी गराउन आग्रह गरेका छन्।वि।सं। २०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका राई राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनी २०४१ सालमा अखिल ९पाँचौँ० को सदस्यता लिएसँगै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। २०५१ सालमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य बनेका राई २०७२ सालमा सोही कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए।
पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक पक्राउ र कारावास भोगेका राई २०५४ सालमा तत्कालीन जोरपाटी गाविसको उपाध्यक्षमा निर्वाचित भई स्थानीय तहमा काम गरेका थिए। २०७४ सालको संघीय संसद् निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनबाट काठमाडौं–३ बाट निर्वाचित राई पछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय सदस्य समेत बने। सरल, शालीन र निष्ठावान नेताका रूपमा परिचित राईलाई वैचारिक स्पष्टता बोकेका उदीयमान नेतामध्ये एकका रूपमा हेरिन्छ।
३० मंसिर २०८२, सोमबार २१:४२