/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
एकैदिन ६५ विकास आयोजना शुभारम्भ गरिएको छ ।
मंगलबार एक कार्यक्रमका वीच चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १२ ले एकैदिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको हो । संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको विकास कार्यक्रमहरुको सो वडाले आठ करोड बढी लागत सहितको आयोजनाहरु सुरुवात गरेको हो ।
एक करोड ८३ लाखको तीन वटा संघीय योजना सुरु भएको छ भने, ४ करोड ८५ लाखको ९ वटा प्रदेश योजना, चौतारा साँगाचोकगढी नगरपालिको ६७ लाखबढीको १४ योजना र वडाको एक करोड वरावरको ३९ विकास आयोजनाको सुचारु भएको हो ।
साँगाचोक भञ्याङ वरको रुख चौतारी तथा फल्चा निर्माण शिल्यान्यास गर्दै वडाभरका सबै विकास आयोजना सुरुवात गरेको हो ।
बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतीक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले फल्चा सहितका विकास आयोजनाको शुभारम्भ गरेका छन् ।
१३ मंसिर २०८१, बिहीबार ११:५७