उज्यालो सहकारी संस्था चौताराको १७औँ वार्षिक साधारण सभा सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारास्थित उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। सभा चौतारास्थित श्रीकृष्ण रतन गंगा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०८२र८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको थियो। वि।सं। २०६६ साल बैशाख १ गतेदेखि सेवा सञ्चालनमा आएको सहकारीमा हाल १ हजार ९ सय २ जना शेयर सदस्य रहेको अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीले उत्पादनमुखी लगानी र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ। कोषाध्यक्ष ललित रानाका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सहकारीको कुल पुँजी र दायित्व ३३ करोड २५ लाख ९२ हजार १२७ रुपैयाँ पुगेको छ। जसमा ११ करोड ३९ लाख ३० हजार २०० रुपैयाँ शेयर पुँजी रहेको छ। सहकारीले २३ करोड ४३ लाख ७६ हजार १६५ रुपैयाँ ऋण लगानी गरी ३ करोड ३२ लाख २७ हजार ४५१ रुपैयाँ आम्दानी आर्जन गरेको जनाएको छ। साधारण सभाको अवसरमा सहकारीका ज्येष्ठ दुई सदस्यलाई सम्मान र एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीलाई पुरस्कार प्रदान गरिएको थियो।

२३ कार्तिक २०८२, शनिबार २०:०२