इन्द्रावती गाउँपालिका वडा नं. ७ द्वारा दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने असार १२ देखि १४ गतेसम्म

आइसिँ तामाङ,इन्द्रावती सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिका वडा नम्बर–७ को युवा तथा खेलकुद शाखाले गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता असार १२ गतेदेखि १४ गतेसम्म वडा–७ मा रहेको सहिद स्मृति कभर्ड हलमा सञ्चालन हुने वडा अध्यक्ष रविन्द्र खातीले जानकारी दिनुभएको छ । वडाध्यक्ष खातीका अनुसार वडा नम्बर–७ लाई खेल विशेष गरी भलिबलको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा गाउँपालिकाका १२ वटै वडाबाट खेलाडी टोलीहरू सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने यो प्रतियोगिताबाट युवाहरूमा खेलप्रतिको रुचि बढ्नुका साथै वडाहरूबीच आपसी सम्बन्ध पनि अझ सशक्त हुने अपेक्षा गरिएको छ। प्रतियोगिताका विजेताहरूलाई निम्न अनुसार पुरस्कार प्रदान गरिनेछ,पहिलो हुने टोलीलाई नगद रु. ४०,०००, शिल्ड, मेडल र प्रमाणपत्र,दोस्रो हुने टोलीलाई नगद रु. २०,०००, मेडल र प्रमाणपत्र,तेस्रो हुने टोलीलाई नगद रु. १०,०००, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।
प्रतियोगिता खेलकुदको माध्यमबाट युवालाई सकारात्मक कार्यमा संलग्न गराउने एउटा प्रयास हो। वडा नं. ७ को यो पहलले आगामी दिनमा स्थानीय स्तरमा खेलकुदको विकासमा ठुलो योगदान पु¥याउने विश्वास गरिएको छ।

११ असार २०८२, बुधबार ११:५०