/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक । करिब दुई वर्षपछि इन्द्रावती गाउँपालिकामा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको छ। गाउँपालिकाका अनुसार प्रतियोगिता वैशाख २६ गतेदेखि सुरु हुनेछ र तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता इन्द्रावती रंगशालामा हुनेछ।
गाउँपालिकाका ११ वटै वडाहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। विगतमा प्रतियोगिता विवादित बनेको कारण यसपटक सुरक्षा व्यवस्था कडा पारिएको छ। वडाध्यक्ष तथा खेलकुद संयोजक शशिनाथ आचार्यले मेलम्चीस्थित सशस्त्र प्रहरी बललाई सुरक्षा जिम्मा दिन पत्राचार गरिसकेको जानकारी दिए।
२०७९ साल फागुनमा सम्पन्न तेस्रो अध्यक्ष कप प्रतियोगिता सेमिफाइनलमै विवादित बनेको थियो। वडा नम्बर ९ र १० को खेलमा खेलाडी दर्तासम्बन्धी विवाद भएपछि फाइनल हुन सकेन। त्यसबेला वडा नम्बर १२ लाई उपाधि प्रदान गरिएको भए पनि दोस्रो स्थानको टिम चयन गर्न सकिएको थिएन। समापन कार्यक्रम समेत तनावपूर्ण बनेको थियो।
यसपटक विवाद नदोहरियोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ। प्रतियोगिताको विजेता टिमलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
२५ बैशाख २०८२, बिहीबार १२:२८