/*php the_title();*/?>


आइसिँ तामाङ,इन्द्रावती सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिकाको आठौं गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष झमकनाथ नेपालको सभाध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि ९९ करोड ४४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो। गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले बजेट पेश गर्नुहुँदै संघीय, प्रदेश सरकार, सामाजिक सुरक्षा तथा आन्तरिक आयबाट आम्दानी हुने अनुमान गरिएको जानकारी दिनुभयो। सभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक, न्यायिक समिति र विविध प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। विनियोजन विधेयक र आर्थिक विकास कार्यक्रम भने आगामी गाउँसभा बैठकमा छलफलपछि पारित गरिने भएको छ।
🔹 प्रमुख कार्यक्रमहरूस्
कृषिस् बगर खेती, आलु–तरबुजा उत्पादन, लप्सी पकेट क्षेत्र विकास, सिस्नो उद्योग स्थापना
शिक्षास् प्राविधिक शिक्षामा छात्रवृत्ति, विपन्न विद्यार्थीका लागि शैक्षिक सहयोग
योजनास् कृषि तथा पशुपालनको पाँचवर्षे योजना निर्माण
गाउँपालिकाले आर्थिक वृद्धि, स्वरोजगार र समावेशी विकासमा विशेष जोड दिएको जनाएको छ।
१० असार २०८२, मंगलवार २०:५९