/*php the_title();*/?>
जनतापत्र, इन्द्रावति ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष झम्क नेपालले खेलका प्रमुख रेफ्री धन बहादुर बस्नेतलाइर्
खेलकुद सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
इन्द्रावती गाउँपालिकाको ब्यबस्थापन र राजेश्वरी माद्यामिक बिद्यालयको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन समारोह आयोजक बिद्यालयका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा सबै १२ माध्यामिक बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हालसम्म पाँच ओटा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको र छैठौं प्रतियोगिता पनि अनुसासनमा रहेर खेल सम्पन्न गराउन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले अनुरोध गर्नुभयो ।
प्रतियोगिता जित्नु र स्वस्थ प्रतिस्पर्धाबाट जित्नुमा धेरै फरक रहेको बताउँदै उहाँले खेलाडीलाई आफू खेलप्रति अनुशाशित भएर लागे त्यसको मुल्यांकन अरुले गर्ने जनाउनुभयो ।
यस प्रतियोगिताबाट गाउँपालिका मात्रै नभई राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो ठाउँको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन समेत हुने भएकोले यसमा सबैले ध्यान दिनुपर्ने कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले बताउनुभयो । सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र नियममा रहेर खेल्न अनुरोध गर्नुभयो ।
२९ पुष २०८१, सोमबार ०७:१९