इन्द्रावतिमा कक्षा बहु स्तर शिक्षण कार्यक्रम

जनतापत्र, सिन्धुपाल्चोक –

विगत पाँच वर्षदेखि ईन्द्रावती गाउँपालिकाको १३ वटा सामुदायिक विद्यालयमा सञ्चालित बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (एम.जि.एम.एल) आज एक कार्यशालाको आयोजना गरी पालिकाको स्वामित्वमा हस्तान्तरण गरिएको छ।

२०७६ साल पौष ३ गतेदेखि जर्मन नेपाल सहयोग संघ तथा विकासका लागि एकता (यूडीएफडी) को साझेदारीमा सञ्चालित सो कार्यक्रम प्रारम्भिक कक्षाको शिक्षण प्रणालीलाई वस्तुपरक र गुणस्तरीय बनाउने उद्देश्यका साथ लागू गरिएको थियो।

कार्यक्रमको औपचारिक हस्तान्तरण ईन्द्रावती गाउँपालिकाका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा पालिकास्तरीय प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा साझेदार संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

अबदेखि पालिकाले नै नेतृत्व गर्ने यो कार्यक्रम ११ वटा सामुदायिक विद्यालयमा निरन्तर सञ्चालनमा रहनेछ। स्थानीय तहले शिक्षामा स्वामित्व र उत्तरदायित्व बढाउँदै लगेका बेला यो हस्तान्तरण कार्यक्रम महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

७ जेष्ठ २०८२, मंगलवार १९:५८