/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले चवालिसौँ कृति इतिहासमा सिन्धुपाल्चोक प्रकाशित गर्नुभएको छ । आफ्नो पछिल्लो कृति प्रकाशित भएको उहाँले जानकारी दिनुभयो ।
“वि.सं. २०५२ मा सिन्धुपाल्चोक जिल्लाका ७९ गाविसमध्ये फुल्पिङकोटको परिचय ‘फुल्पिङकोट एक परिचय’ लेखेको उहाँले जानकारी दिनुभयो । उहाँले २०६० मा जिल्लाको साहित्य, पत्रकारिता, कलाकारिता लगायतका विषयमा लेखेँ, यतिले मात्रै जिल्लाको इतिहास अधुरो महसुस भयो, र भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुद, कीर्तिमानलगायत थप विषय समेट्न अठोट गरेँ, यस ग्रन्थमा ती विषय समेट्ने प्रयास बताउनुभएको छ ।
पुस्तकमा सिन्धुपाल्चोकका ऐतिहासिक पृष्ठभूमि, भौगोलिक परिचय (पर्यटकीय स्थल, जलस्रोत, जलविद्युत्, नदी, कुण्ड, ताल, पोखरी र झरना), संस्कृति (जनसङ्ख्या, भाषा, धर्म, जातजाति), स्वास्थ्य, व्यापार व्यवसाय, खाद्यान्न बाली, वनसम्पदा, खनिज, यातायात, दैवीप्रकोप (२०८१ असोजसम्म), एनजिओ–आइएनजिओ–सहकारी, राजनीतिक खण्ड, संघीय तथा प्रादेशिक माननीयहरूको परिचय, स्थानीय निकायका प्रतिनिधिहरू, शिक्षा खण्ड, खेलकुद खण्ड, साहित्यिक खण्ड, पत्रकारिता खण्ड, कलाकारिता लगायतका बिषयबस्तुहरु समाबेश गरिएको छ ।
२६ कार्तिक २०८१, सोमबार ११:३०