/*php the_title();*/?>
‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउन धेरैभन्दा धेरै पर्यटक भित्र्याउन चाँडोभन्दा चाँडो कम्तिमा पनि कम्बोडिया र भियतनाममा हवाई उडान सुरु गरिहाल्न एवं हाल हवाई उडान भइरहेका आसियान देशहरू थाइल्यान्ड, सिंगापुर र मलेसियामा थप हवाई उडान गर्न पहल गर्नुपर्ने देखिन्छ ।
यही १ फेब्रुअरीमा नेपालका विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार सन् २०२६ को जनवरी महिनामा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । यो तथ्यांक भनेको सन् २०२५ को जनवरी महिनाको तुलनामा १५।७ प्रतिशतले बढी हो । यही अनुसारले पर्यटक आगमन दरले निरन्तर पाएमा सन् २०२६ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको आगमन संख्यामा राम्रैसँग प्रगति हुने दावी गर्न सकिन्छ, अहिलेदेखि नै । हुन त नेपालमा कहिले, कतिखेर केके हुन्छ, कस्तो घटना घट्छ रु कसैलाई थाहा–पत्तो हुँदैन । खास गरिकन नेपालको राजनीतिक घटना क्रममा कतिखेर के हुने हो, कसो हुने हो रु पहिल्यै कसैले ‘यसै हुन्छ, यस्तै हुन्छ १’ भनेर भनिहाल्न सक्ने स्थिति रहँँदैन ।
यसै सन्दर्भमा यहाँ केही समयअघि नेपाल पर्यटन बोर्ड ९एनटिबी० ले आफ्नो २७औँ स्थापना दिवस मनाउने क्रममा सन् २०२६ लाई ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक रूपमा नै घोषणा गरेको थियो । त्यसैले यो लेखमा सोही सम्बन्धमा केही लेख्ने, चर्चा परिचर्चा गर्ने प्रयास गरिने छ । खास गरिकन के–कसो गर्दाखेरि धेरैभन्दा धेरै आसियान क्षेत्रका देशबाट नेपालमा पर्यटक भित्र्याउन सकिएला त रु सो सम्बन्धमा लेखिने छ ।
‘आसियान’ भनेको दक्षिण पूर्वी एसियामा रहेका ११ वटा देशहरूको संगठनलाई बोलाइने छोटकरी नाम हो । अर्थात् दक्षिण पूर्वी एसियामा रहेका ११ वटा देशहरूलाई ‘आसियान’ भनेर चिन्ने गरिन्छ । ‘आसियान देशमा ९१० ब्रुनाई दारुसलेम, ९२० कम्बोडिया, ९३० इन्डोनेसिया, ९४० प्रजातान्त्रिक गणतन्त्र लाओस, ९५० मलेसिया, ९६० म्यानमार, ९७० फिलिपिन्स, ९८० सिंगापुर, ९९० थाइल्यान्ड, ९१०० टिमोर लेस्टे र ९११० भियतनाम रहेका छन् ।विगत केही वर्षदेखि आसियान देशमा पर्ने थाइल्यान्डबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या प्रायः १०औँ स्थानभित्र पर्ने गरेको तथ्यांक रहने गरेको छ । जस्तै सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका प्रमुख १० देशको सूचीमा थाइल्यान्ड आठौँ स्थानमा रहेको थियो भने सन् २०२५ मा सातौँ स्थान लिएको थियो ।
सन् २०२५ मा आसियान देशमध्ये ८ वटा देशबाट नेपाल भ्रमण गर्न आएका पर्यटकको वार्षिक तथ्यांक यसप्रकार रहेको छ ।
९१० कम्बोडियाबाट १ हजार ३९२ जना, ०।१ प्रतिशत । ९२० इन्डोनेसियाबाट ५ हजार ८४ जना, ०।४ प्रतिशत । ९३० मलेसियाबाट २२ हजार ५५१ जना, १।९ प्रतिशत । ९४० म्यानमारबाट २१ हजार ९६६ जना, १।९ प्रतिशत । ९५० फिलिपिन्सबाट ५ हजार ८२६ जना, १।९ प्रतिशत । ९६० सिंगापुरबाट १० हजार २११ जना, ०।९ प्रतिशत । ९७० थाइल्यान्डबाट ३० हजार २४३ जना, २।६ प्रतिशत । ९८० भियतनामबाट १२ हजार २०४ जना, १।१ प्रतिशत रहेका छन् । माथि उल्लेख भएका ८ देशबाहेक ब्रुनाई दारुसलेम, प्रजातान्त्रिक गणतन्त्र लाओस र टिमोर लेस्टेबाट सन् २०२५ मा कति पर्यटक नेपाल भ्रमण गर्न आए रु त्यसको अलग्गै तथ्यांक रहेको छैन । त्यसैले गर्दा ती ३ देशबाट आएका पर्यटकको संख्या कति रहेको थियो, छ रु सो सम्बन्धमा पंक्तिकारले केही भन्न सक्ने अवस्था रहेन । ९तथ्यांक स्रोतः नेपाल पर्यटन बोर्ड÷टुरिज्म इनसाइट० ।
तथापि पनि ब्रुनाई दारुसलेम र टिमोर लेस्टेबाहेक प्रजातान्त्रिक गणतन्त्र लाओस पनि बौद्ध धर्म मान्ने देश भएको हुनाले हामीले प्रजातान्त्रिक गणतन्त्र लाओसका मानिसलाई कम्तिमा पनि ३–४ दिनदेखि ६–७ दिनको प्याकेज बनाएर लुम्बिनीका साथै नेपालका विभिन्न ठाउँमा रहेका अन्य बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नका लागि प्रोत्साहित गर्न सकिन्छ । हुन त ११ वटा आसियान देश मध्ये कम्बोडियाका ९७।९ प्रतिशत जनता बौद्ध धर्म मान्ने गर्छन् भने, थाइल्यान्डका ९४।५ प्रतिशत जनता बौद्ध धर्म मान्ने गर्छन् । त्यसैगरी म्यानमारका ८९।८ प्रतिशत जनताले बौद्ध धर्म मान्ने गर्छन् । भियतनामका ६६।७ प्रतिशत जनताले आफ्नो धर्म बौद्ध धर्म मान्ने गरेको देखिन्छ । उता प्रजातान्त्रिक गणतन्त्र लाओसका ६६ प्रतिशत जनताले बौद्ध धर्म मान्ने गरेका छन् भने, सिंगापुरका ३१।१ प्रतिशत जनताले बौद्ध धर्म मान्ने गरेको तथ्यांकमा देखिन्छ । साथै आसियान देशमै पर्ने फिलिपिन्सका १८ लाख ६१ हजार ६०० जनताले पनि आफ्नो धर्म ‘बौद्ध धर्म’ मान्ने गरेको तथ्यांकमा उल्लेख गरिएको देखिन्छ ।
आसियानका अधिकांश देशहरू बौद्ध धर्म मान्ने देश भएको हुनाले हामीले ती देशका अधिकतम जनतालाई कम्तिमा पनि ३–४ दिनदेखि ६–७ दिनसम्मको प्याकेज बनाएर भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै तिलौराकोट, कुदान, जगदीशताल, सगरहवा, निग्लिहवा, राम ग्राम, देव दह, गोटीहवा, विश्व शान्ति स्तूप, प्राचीन कोलीय सहर रहेको क्षेत्रका साथै बाणगंगा नदी वरपरका क्षेत्रको पनि भ्रमण गराउन सकिन्छ । त्यसैले गर्दा एनटिबीबाट हालै भएको ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणालाई हामीले स्वागत गर्नुपर्छ । तर केकसरी त्यसलाई सफल बनाउने रु मतलब सन् २०२६ मा आसियान सम्बद्ध देशबाट धेरैभन्दा धेरै पर्यटकलाई नेपाल भित्र्याउने त रु भन्दाखेरि हामीले पहिले नै हवाई उडान गर्न भनेर सम्झौता गरेका आसियान मूलका केही देश रहेका छन् । जस्तै मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड, भियतनाम र कम्बोडिया । ती मध्ये अहिले थाइल्यान्ड, मलेसिया र सिंगापुरसँग मात्रै नेपालमा सिधा हवाई उडान भइरहेको देखिन्छ । हामीले हवाई सम्झौता गरेका बाँकी देशहरूसँग तत्कालै हवाई उडान सुरु गर्नुपर्ने देखिन्छ । हो, म्यानमार, फिलिपिन्स, भियतनाम र कम्बोडियासँग चाँडै हवाई उडान सुरु गर्न सकेदेखि ती देशका नागरिकहरू अवश्य पनि ठुलो संख्यामा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल भ्रमण गर्न आउने थिए ।
तत्कालीन कपिलवस्तु राज्यका राजकुमारका रूपमा जन्मेका गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको भ्रमण गराउनसके वास्तवमा नै आसियान क्षेत्रमा रहेका देशबाट आउने पर्यटक संख्या ठुलो पैमानामा बढ्न सक्ने संभावना रहेको छ, यसमा कुनै शंका नगरे हुन्छ ।
अब ‘आसियान देशबाट ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउन धेरैभन्दा धेरै पर्यटक भित्र्याउन चाँडोभन्दा चाँडो कम्तिमा पनि कम्बोडिया र भियतनाममा हवाई उडान सुरु गरिहाल्न एवं हाल हवाई उडान भइरहेका आसियान देशहरू थाइल्यान्ड, सिंगापुर र मलेसियामा थप हवाई उडान गर्न पहल गर्नुपर्ने देखिन्छ । साथमा हामीले विभिन्न सञ्चार माध्यमबाट नेपालका समग्र पर्यटकीय क्षेत्रका साथसाथै भगवान् ‘गौतम बुद्ध’को जन्मस्थल लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । त्यसो गर्नसके वास्तवमा नै आसियान क्षेत्रमा रहेका देशबाट धेरैभन्दा धेरै पर्यटक ९त्यसमा पनि विशेषतः धार्मिक पर्यटक० नेपाल भित्र्याउन सकिन्छ । अन्यथा घोषणा मै सीमित नहोला भन्न सकिन्न ।
हुन त हामीले ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ सफल बनाउनका आसियान सम्बद्ध देशबाट आउने पर्यटकलाई तत्कालै विभिन्न खालका छुटसहितका सहुलियत एवं प्याकेजहरूको घोषणा गरेर लागू गर्न सक्छौँ । त्यसो गर्नसकेमा अवश्य नै आसियान सम्बद्ध देशबाट आउने पर्यटकको संख्या ठुलै परिणाममा बढ्न सक्ने देखिन्छ । किनभने, विभिन्न खालका सहुलियतका साथसाथै छुटका प्याकेज एवं कार्यक्रमहरू ल्याउँदाखेरि हाम्रो देशको प्रचारप्रसार अरू बढी हुने अवसर पनि मिल्छ । साथमा नेपालको इज्जत बढ्ने त छँदै छ ।(सौर्य अनलाइनबाट साभार)
२३ माघ २०८२, बिहीबार १२:०९