/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
आज योमरी पूर्णिमा नेवारी समुदायले धुमधामका साथ मनाइरहेका छन् ।
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व मनाइरहेका हुन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने चलन रहेको छ ।
योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भन्ने गरिन्छ ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई
खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ गरी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।
योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा रहेको छ । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि आज मनाइँदै छ ।
३० मंसिर २०८१, आईतवार ०६:३५