/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
अरनिको राजमार्गको कोदारी खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी बाटो खोलिएको छ। गत साउन १८ गते खसेको पहिरोका कारण अवरुद्ध भएको बाटोलाई सडक डिभिजन चरिकोटले युद्धस्तरमा मर्मत गरेको हो। सुरुमा १५ दिन लाग्ने अनुमान गरिए पनि ७ दिनभित्रै सडक सञ्चालनमा ल्याइएको छ।
बुधबार साँझदेखि नै साना सवारीका लागि बाटो खुला गरिएकोमा अहिले ठूला कन्टेनर र मालवाहक गाडीहरू पनि आउन(जान थालेका छन्। करिब २५० मिटर सडकमा पहिरो गएको थियो, जसमध्ये ५० मिटरको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
यो सडक सञ्चालनमा आएसँगै तातोपानी नाकाबाट चीनबाट आयात गरिएका सामानहरू नेपाल भित्रिन थालेका छन्। यो कार्यले व्यापारिक गतिविधिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
५ भाद्र २०८२, बिहीबार १७:५५