/*php the_title();*/?>


आइसिँ तामाङ । मेलम्ची ३ हैबुङ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (ज्च्म्ऋ) को संयुक्त लागत साझेदारीमा शुक्रबार मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा एक दिवसीय स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (ऋद्यच्) अन्तर्गत आयोजित शिविरमा ३६ जनाको स्वास्थ्य परीक्षण, फिजियोथेरापी सेवा, आर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच, शल्यक्रिया र डाक्टर परामर्शका लागि रिफरल सेवा प्रदान गरिएको छ ।
मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा स्वास्थ्य परीक्षण गरिएकामध्ये १६ जना पुरुष र २० जना महिला रहेका थिए । ५ जनाको आर्थोपेडिक सामग्रीका लागि नाप लिइएको छ भने ३ जनालाई शल्यक्रिया र १ जनालाई विशेषज्ञ चिकित्सकको परामर्शका लागि रिफरल गरिएको छ।
उक्त शिविरको कार्यक्रमको उद्घाटनमा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ,मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, उप–प्रमुख उमा प्रधान, वडा नं. २, ३, ४, ५ का वडा अध्यक्षहरू, नगरका कर्मचारीहरु तथा ज्च्म्ऋ का विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो।
एक दिवसीय स्वास्थ्य शिविर कार्यक्रम मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा अतिथिहरुले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा पुनस्र्थापनाका लागि यस्तो कार्यक्रम प्रभावकारी भएको बताउँदै भविष्यमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
१९ बैशाख २०८२, शुक्रबार २१:१९