/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
चौताामा अपाङ्गताको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुसंग अपाङ्गताको सवालमा सञ्चारकर्मीको भूमिका बिषयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम अष्ट्रेलियन यड, सिबिएम ल्गोबल फ्रन्टमार्फत सप्रोस नेपालको सहयोगमा नगर अपाङ्गता समन्यव समितिले आयोजना गरेको हो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा भएको हो ।
कार्यक्रममा महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दंगा
ल लगायत रेडियो, पत्रपत्रिका र अनलाईनपत्रिकाको बिभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
समाचार लेखनमा बिभिन्न बिषयबस्तु उठान गर्दा चयन गरिने शब्दहरु सभ्य र मर्यादित हुनुपर्नेमा सप्रोस नेपालका कर्मचारी सुजन पराजुली र नगर अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले जानकारी दिनुभयो ।
अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले भवन निर्माण आचारसंहिता अनुरुपको अपाङ्खतामैत्री पहुँचयुक्त भवन निर्माण नभएको, समाजमा अपाङ्खतालाई छुट्टै रुपमा हेर्ने गरेको तथ्यहरु पनि चर्चा भएको जानकारी दिनभयो ।
सरोकारवाला निकायहरुवाटै भाषगत र अभिव्यक्तिगत रुपमा समस्या रहेको भन्दै निराकरणको लागि सम्वन्धित सेवाप्रदायक निकायहरुसंग सप्रोसले थप कार्यक्रम लिएर जानुपर्ने सञ्चरकर्मीहरुले सुझाव राखेका थिए ।
९ पुष २०८१, मंगलवार १४:२५