/*php the_title();*/?>
जनतापत्र, जुगल ।
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो आफ्नो जन्मदिनको दिन खाद्यान्न दिएर मनाएका छन् ।
जुगल गाउँपालिका अध्यक्ष याङ्बोले आफ्नो जन्मदिन चौतारा बृद्ध
ाश्रम सेवा समितिको संरक्षणमा रहेका १७ बृद्धबृद्धालाई खाद्यान्न दिएर मनाएका हुन् ।
स्याङ्बोले २५ हजार बराबरको खाद्य सामग्री बृद्धबृद्धालाई २५ केजिको आठ बोरा चामल, एक बोरा दाल, चार कार्टुन बिस्कुट र एक बाक्सा खानेतेल बृद्धाश्रमलाई हस्ताणतरण गरेका हुन् ।
खाद्य सामग्री समितिकी सचिव होमकुमारी पुरीलाई जुगलबाट सोमबार बिहान चौतारा आएका अध्यक्ष स्याङ्बोले हस्तान्तरण गरेका हुन् ।
२९ पुष २०८१, सोमबार ०७:१७