६ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध


जनतापत्र, चौतारा ।

६ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाका ६ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो । नेपाल ल, पद्यमकन्या, शंकरदेव, सरस्वती, विश्वभाषा र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक, सामुदायिक र निजी क्याम्पसमा मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो ।

२७ फाल्गुन २०८१, मंगलवार १२:२८